काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वाजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक बर्षको यसै अवधिमा भन्दा १९२.१५ प्रतिशतले बढी हो।अघिल्लो आवको यस अवधिमा बैंकको खुद मुनाफा १ करोड ३७ लाख रुपैयाँमा मात्र थियो ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ३.१७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ४.४७ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको ब्याजबाट हुने आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आवसम्म ब्याजबाट हुने आम्दानीमार्फत २८ करोड २० लाख रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिसम्म भने २६ करोड ६९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।
यस अवधिमा बैंकको इम्प्येरमेन्ट चार्ज ३ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा १९२.१५ प्रतिशतले बढेर ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
६ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ,तरलता अनुपात ३६ गुणा,मूल्य आम्दानी अनुपात ४१.७४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५७.८९ रुपैयाँ कायम भएको छ ।
































