काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १२ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.७३ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले समिक्षा अवधिमा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ६६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासमा भने खुद बीमा शुल्क आर्जन ४.२३ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले खुद बीमाशुल्क २ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब २० करोड रहेको थियो भने गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १८.३० प्रतिशतले वृद्धि भएर १२ अर्ब ७ करोड पुगेको छ ।
यस समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १६ करोड ४७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत साढे २७ करोड रुपैयाँ खर्चिएको छ । कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ, महाविपत्तीकोषमा १४ करोड र जगेडा कोषमा ६८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
यस समिक्षा अवधिमा कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।


































