काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले धेरै हो ।
दोस्रो त्रौमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.९९ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ।
पुस समान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ७१ अर्ब ४४ करोड २५ लाख ८१ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । गत आवको यसै अवधीको तुलनामा कम्पनीको जीवन बीमा कोष ८.६० प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ६० करोड रुपैयाँ संचिती रहेको छ ।
समिक्षा अवधिसम्ममा कम्पनीले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनिले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङमा ६० करोड १८ लाख छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ २१ पैसा रहेको छ ।

































