National life

नेशनल लाइफले डाक्यो साधारण सभा, यस्ता छन् प्रमुख अजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
1.3kShares
नेशनल लाइफले डाक्यो साधारण सभा, यस्ता छन् प्रमुख अजेण्डा
ncell

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३६ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी भदौ ७ गते बिहान १०.३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्विकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९र८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९र८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी साउन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?