National life

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उपभोग शुल्क निर्धारण, कुन सवारीलाई कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
740Shares
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उपभोग शुल्क निर्धारण, कुन सवारीलाई कति ?
ncell

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कात्तिकसम्म निर्माण सकेर सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको सरकारले सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यो शुल्क तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

बैठकको निर्णय अनुसार नागढुंगा सुरुङमार्गबाट काररभ्यानले काठमाडौँ आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी मिनी बसरट्रक काठमाडौँ आउँदा ११५ रुपैयाँ र बाहिर जाँदा ८० रुपैयाँ तिर्नुपर्छ ।

Royal Enfield
nic asia capital
बसरट्रक काठमाडौँ आउँदा २६० र बाहिर जाँदा २०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै, भारी उपकरणतर्फ काठमाडौँ आउँदा ६०० रुपैयाँ र बाहिर जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ । दुईपांग्रे सवारीसाधनले भने सुरुङमार्गमा प्रवेश पाउने छैनन् । सरकारले सुरुङ सञ्चालन गर्न लाग्ने वार्षिक करिब ३५ करोड उठाउन सवारीसाधनको शुल्क निर्धारण गर्ने भएको हो ।

सुरुङमार्गबाट मोटरसाइकल चलाउन भने नपाइने भएको छ । जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको उक्त २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्गको कुल लागत २२ अर्ब रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?