National life

निर्माण व्यवसायी महासंघमा उम्मेदवारी दिन गएका कटुवाल सीआइबीको फन्दामा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.6kShares
निर्माण व्यवसायी महासंघमा उम्मेदवारी दिन गएका कटुवाल सीआइबीको फन्दामा
ncell

काठमाडौँ। निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको हो।

नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने तयारीमा रहेका कटुवाललाई समर्थन गर्न मकवानपुरका व्यवसायीहरू पुगेका थिए। तर, उम्मेदवार नै पक्राउ परेपछि उनीहरू निराश हुँदै फर्किनुपरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणाली ह्याक गरी ठूला ठेक्का कब्जा गर्ने गिरोहबारे करिब दुई महिनादेखि अनुसन्धान गर्दै आएको थियो। सोही क्रममा कटुवालको संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको जनाइएको छ।

अनुसन्धान अनुसार, बोलपत्रडटकमडटएनपीमार्फत सञ्चालन हुने प्रणालीमा हस्तक्षेप गरेर अन्य कम्पनीले पेश गरेका प्रस्तावहरू हेर्ने र अन्तिम समयमा सबैभन्दा कम मूल्य राखेर ठेक्का हात पार्ने समूह सक्रिय रहेको पाइएको छ। उक्त गिरोहको खोजी गर्ने क्रममा कटुवालको भूमिका पनि खुलेको सीआइबीले जनाएको छ।

यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न केही निर्माण व्यवसायीहरू पक्राउ परिसकेका छन्। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको करिब १० अर्ब रुपैयाँको ठेक्कामा समेत यस्तै प्रकारको ह्याकिङ भएको पाइएपछि आशिष निर्माण सेवा, सगुन निर्माण सेवा तथा भक्तपुर डिभिजन सडक कार्यालयअन्तर्गतको बोलपत्रमा सहभागी रौताडा कन्स्ट्रक्सनलाई समेत अनुसन्धानमा तानिएको थियो। सोही सिलसिलामा कटुवालमाथि पनि अनुसन्धान अघि बढाइएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?