National life

निर्माण व्यवसायीको चेतावनी: माग पूरा नभएसम्म काम अघि बढ्दैन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.1kShares
निर्माण व्यवसायीको चेतावनी: माग पूरा नभएसम्म काम अघि बढ्दैन
ncell

काठमाडौं । निर्माण व्यवसायी महासंघले बढ्दो लागतका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सम्बन्धित मन्त्रालयहरूमा ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा गएको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानको माग गरेको हो।

महासंघका अनुसार अत्यधिक मूल्यवृद्धिका कारण देशभर सञ्चालनमा रहेका धेरै आयोजनाहरू प्रभावित भई काम नै रोकिने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा पनि सरकारले आवश्यक चासो नदेखाएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष पाण्डेले निर्माण क्षेत्र अहिले ‘होलिडे’ जस्तो अवस्थामा पुगेको उल्लेख गर्दै बजारमा बढेको मूल्यअनुसार ठेक्काको लागत समायोजन गर्नुपर्ने माग अघि सारे। साथै, रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्न सकिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

त्यसैगरी, आगामी बजेटमा आयोजनाहरूका लागि स्पष्ट बजेट विनियोजन र भुक्तानी सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।

आन्दोलनका क्रममा व्यवसायीमाथि भइरहेको धरपकडप्रति असन्तोष व्यक्त गर्दै उनले यसले लगानीको वातावरणमा नकारात्मक असर पर्ने बताए।

उनका अनुसार इन्धनको मूल्य वृद्धि भएसँगै सिमेन्ट, डन्डी, बालुवालगायत निर्माण सामग्री महँगिएको छ भने बिटुमिन अभावले काममा थप बाधा पुर्‍याएको छ।

महासंघले तत्काल मूल्य समायोजनसम्बन्धी निर्देशिका ल्याउन, मूल्यवृद्धिको प्रभाव न्यूनीकरणका लागि सहुलियत दिन तथा माग सम्बोधन नभएसम्म निर्माण कार्य अघि बढाउन कठिन हुने चेतावनी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?