National life

प्राधिकरणले आगामी वर्षको गुरु योजना बनाउन सुरु गरेको छ: इन्जिनियर ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
1.5kShares
प्राधिकरणले आगामी वर्षको गुरु योजना बनाउन सुरु गरेको छ: इन्जिनियर ढकाल
ncell

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को मास्टर प्लान गुरु योजना बनाउने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । प्राधिकरणका सूचना अधिकारी 'इन्जिनियर' सौरब ढकालले मास्टर प्लान गुरु योजनाको काम तीव्र रूपमा अगाडि बढेको जानकारी दिएका छन् ।

आर्थिक भ्वाइससँग कुराकानी गर्दै सूचना अधिकारी ढकालले भने “ प्राधिकरणले ८१ को पुस महिनामा विभिन्न सरोकारवाला निकाय र परामर्श दातासँग पटक पटक छलफल गरिसकेको अवस्था छ। उक्त छलफलमा आएको सुझावलाई समेटेर हामीले अन्तिम रूप दिने तयारीमा जुटेका छौ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मास्टर प्लानको अन्तिम रूप दिइसके पश्चात हामी हाम्रो सम्बन्धित मन्त्रालयमा र स्थानीय तहमा पुनः छलफल गरेर मन्त्रालयमा पेशगर्ने योजनामा लागी रहेका छौ । ढकालले भने

प्राधिकरणले आर्थिक वर्षको समापन हुन लागेसँगै सडक बिस्तार, ढल निकास,सरकारी जग्गा संक्षण तथा हरित पार्क निर्माण जस्ता योजनालाई प्रमुख उद्देश्य बनाएर विभिन्न ठाउँमा कार्य सम्पन्न गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?