काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को मास्टर प्लान गुरु योजना बनाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ । प्राधिकरणका सूचना अधिकारी 'इन्जिनियर' सौरब ढकालले मास्टर प्लान गुरु योजनाको काम तीव्र रूपमा अगाडि बढेको जानकारी दिएका छन् ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै सूचना अधिकारी ढकालले भने “ प्राधिकरणले ८१ को पुस महिनामा विभिन्न सरोकारवाला निकाय र परामर्श दातासँग पटक पटक छलफल गरिसकेको अवस्था छ। उक्त छलफलमा आएको सुझावलाई समेटेर हामीले अन्तिम रूप दिने तयारीमा जुटेका छौ।”
मास्टर प्लानको अन्तिम रूप दिइसके पश्चात हामी हाम्रो सम्बन्धित मन्त्रालयमा र स्थानीय तहमा पुनः छलफल गरेर मन्त्रालयमा पेशगर्ने योजनामा लागी रहेका छौ । ढकालले भने
प्राधिकरणले आर्थिक वर्षको समापन हुन लागेसँगै सडक बिस्तार, ढल निकास,सरकारी जग्गा संक्षण तथा हरित पार्क निर्माण जस्ता योजनालाई प्रमुख उद्देश्य बनाएर विभिन्न ठाउँमा कार्य सम्पन्न गरिरहेको छ।


































