National life

बाढीपीडित सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग

बाढीले थला परेका सहकारी उठाउन २० लाख, कर्मचारीले पनि जुटाए ६ लाखभन्दा बढी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
948Shares
बाढीपीडित सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग
ncell

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी सङ्घ–संस्थाको सेवा पुनःसञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट सहकारी संस्थाका भौतिक पूर्वाधार, अभिलेख तथा प्रविधिगत सामग्रीमा क्षति पुगेपछि बैंकले उक्त रकम विनियोजन गरेको हो ।

बाढीपहिरोका कारण प्रभावित सहकारी संस्थाको नियमित सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको बैंकले जनाएको छ । विनियोजित रकम सम्बन्धित जिल्ला सहकारी सङ्घसँगको समन्वयमा तथा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मापदण्डअनुसार वितरण गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच, बाढीपहिरोका कारण बैंकको नुवाकोट शाखामा कार्यरत तीन कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्त अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ ।

प्रभावित कर्मचारीको सहयोगका लागि बैंकका कर्मचारीले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा सङ्कलन गरेका छन् । सङ्कलित रकममध्ये प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइएको छ ।

बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यले समेत एक दिन बराबरको बैठक भत्ता सहयोगस्वरूप उपलब्ध गराउने भएका छन् । त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्का बेला खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा अन्य सरोकारवाला निकायको भूमिकाको प्रशंसा गर्दै बैंकले प्रभावित नागरिकका लागि सुरक्षित उद्धार, अस्थायी आवास, खाद्यान्न, खानेपानी तथा स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता शीघ्र सुनिश्चित गर्न आग्रह गरेको छ ।

राष्ट्रिय सहकारी बैंकले प्रभावित सहकारी संस्थाको पुनःस्थापना, सेवा प्रवाहको निरन्तरता तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक वित्तीय, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
948SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?