काठमाडौँ – राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब बढीको नोक्सानी बेहोरेको छ । बैंकको गत आवमा बैंकको गत आवमा खुद नाफा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
अघिल्लो वर्ष बैंकले २० करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै, अघिल्लो वर्ष ७.९५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष २१.९१ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४ करोड ७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १० करोड २४ लाख रुपैयाँ गरेको छ।
अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ७ करोड ५० लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ गरेको थियो । यस अवधिमा बैंकको शेयर पुँजी २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ छ भने जगेडा कोष ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ रहेको छ ।


































