National life

असार मसान्तभित्र बिमा नवीकरण गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
618Shares
असार मसान्तभित्र बिमा नवीकरण गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह
ncell

काठमाडौं। सेवा निरन्तरताका लागि स्वास्थ्य बिमा बोर्डले २०८१ असार मसान्तसम्म बिमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ।

आज बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बिमामा २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ देखि सेवा सुरु गरेका बीमितले सेवा निरन्तरताका लागि तोकिएको अवधिभित्र नवीकरण गर्नुपर्ने बताएको छ ।

नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ। २०८१ साउन १ देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मंसिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबारसम्म बीमितको संख्या ८० लाख ७९ हजार ७८२ पुगेको छ। हालसम्म ५० लाख ३८ हजार ८४० जनाले नवीकरण गराएका छन्। सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने सूचना अधिकारी कँडेलको भनाई छ । उनले भनिन्, ‘नवीकरण आवश्यक छ। नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बिमा गराउन सक्छन्।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?