काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकालको बढुवा भएको छ ।
डिआइजी जोशी र ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्। उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो।
वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो।



































