National life

पटक-पटक अनुशासनहीन कार्य गरेका राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
467Shares
पटक-पटक अनुशासनहीन कार्य गरेका राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई भोली मंगलबारदेखि लागू हुनेगरी बर्खास्त गरिएको छ । आचार्यलाई पटक अनुशासनहीन कार्य गरेपछि सेवाबाट नै हटाएको हो ।

गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा आचार्यले रिष्ठ डेपुटि गभर्नर डा.निलम ढुङगाना माथि दुब्र्यबहार गरेका थिए।

Royal Enfield
nic asia capital
त्यस अथाडि समेत उनी पटक पटक अनुशासनहिन कार्यमा कारबाहीमा परेका थिए।

ढुङगानाले आचार्यलाई कारबाहीको माग मात्र नभई संरक्षण गर्ने उच्च अधिकारीहरुलाई पनि कारबाही हुनुपर्ने भन्दै केन्द्रीय बैंक मानव संशाधन विभाग, गभर्नर तथा सञ्चालक समितिमा समेत लिखित उजुरी दिएपछि आचार्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको थियो ।

केन्द्रीय बैंकको मानव संशाधन विभागले ढुङगानाको उजुरी उपर आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । विभागले केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार मानव संसाधान विभागको जाँचबुझ समितिले आवश्यक अध्ययन तथा प्रमाण संकलन गरेर पुष्टि भएसंगै कारबाही गरेको हो ।

विभागले आचार्यलाई प्रष्टिकरण पेस गर्ने समय समेत प्रदान गरी पद मुक्त गरेको केन्द्रीय बैंकका कार्यकारी अधिकृत मकुुन्द कुमार क्षेत्रीले जानकारी दिएका छन्। “केन्द्रीय बैंकको कर्मचारी विनियमावली २०६८ अनुसार गभर्नर स्तरीय निर्णयबाट पद मुक्त गरिउको हो,” उनले भने,“ गरेमा कार्यस्थलमा भएको दुर्व्यवहार सम्बन्धि आचारसंहिता र कर्मचारी विनियमावली अनुसार कारवाही भएको हो ।”

केन्द्रीय बैंकको टक्सार विभागको प्रमूखमा रहेका आचार्यलाई उक्त कारबाही प्रक्रिया सुरु भएपछि जिम्मेबारी विहीन बनाइएको थियो । त्यसैगरी गभर्नर महाप्रसाद अधिकारीले दुइ पटकसम्म स्पष्टिकरण सोधेपछि मात्र पदमुक्तको कारबाही भएको हो । गर्भनर अधिकारीले आचार्यलाई कर्मचारी विनियमावलीले तोके भन्दा ७ दिन बढी समय दिई दोस्रो स्पष्टिकरण सोधेका थिए ।

त्यसैगरी अचार्यलाई कारबाही सुरु भएपछि गभर्नरले बैक सुपरिवेक्षण विभाग समेत आफु मातहत ल्याएका थिए । बैंक सुपरिवेक्षण ढुङगाना मातहत थियो । अचार्यलाई बचाउने र ढुङगालाई कमजोर बनाउने कार्यमा ढकालको सहभागीता देखिएपछि गभर्नरले मध्यमार्गी समाधान खोज्दै सुपरिवेक्षण विभाग अफु मातहत ल्याएका थिए । ढुङगानाले सुपरिवेक्षण विभागबाट ढकाललाई हटाउन वा विभाग नै आफु मातहत नराख्न भनेपछि गभर्नर आफैले राखेका छन्

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?