काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा आगामी महिनाको १८ गते बस्ने भएको छ ।
कम्पनीले पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा बिहान ११ बजे सभा आह्वान गरेको हो। सोही बैठकले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ ।
सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।
त्यस्तै नियमनकारी निकायको प्रस्तावित विषयउपर कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ३ गते मंगलबार बुकक्लोज गर्ने जानकारी दिएको छ । बुकक्लोजको आधारमा माघ २ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


































