National life
cg eloctronics

माघ १८ गते साधारण सभा डाकेको हिमालयन लाइफ इन्स्योरेन्सको एजेन्डा कस्ता छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
1.7kShares
माघ १८ गते साधारण सभा डाकेको हिमालयन लाइफ इन्स्योरेन्सको एजेन्डा कस्ता छन् ?
muktinatha bikash bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा आगामी महिनाको १८ गते बस्ने भएको छ ।

कम्पनीले पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा बिहान ११ बजे सभा आह्वान गरेको हो। सोही बैठकले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । साथै आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९–८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने ईन्सोरेन्सको भनाई छ ।

त्यस्तै नियमनकारी निकायको प्रस्तावित विषयउपर कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ३ गते मंगलबार बुकक्लोज गर्ने जानकारी दिएको छ । बुकक्लोजको आधारमा माघ २ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?