National life

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो कतिले दिए अहिलेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
559Shares
हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो कतिले दिए अहिलेसम्म ?
ncell

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा पहिलो दिनमै आवेदनको आइरो लागेको छ ।

सिडिएसका अनुसार आज अर्थात् मङ्सिर २७ गते साँझ ५ः०३० बजेसम्म ३ लाख ३७ हजार ९६४ जना माथि आवेदकले १ अर्ब २४ करोड २३ लाख ४० हजार ६८० रुपैयाँ बराबरको ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन दिएका हुन् ।

आज मङ्सिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो ।

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते बैंकिङ समयपछि हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?