National life

वित्तीय विवरण सार्वजनिकपछि हिमालयन रिको अवस्था कस्तो देखियो?

हिमालयन रिइन्स्योरेन्सको वित्तीय रिपोर्ट सार्वजनिक, घाटा कि नाफा?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.9kShares
वित्तीय विवरण सार्वजनिकपछि हिमालयन रिको अवस्था कस्तो देखियो?
ncell

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार कम्पनीले चैत मसान्तसम्म ४ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको चैतसम्म ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको यस्तो आम्दानी चालू वर्षमा घटेर करिब ४ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कुल आम्दानी ५ अर्ब २० करोड रुपैयाँबाट घटेर ४ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ।

यस अवधिमा कम्पनीको खर्च भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ३ अर्ब ७१ करोड रुपैयाँ रहेको कुल खर्च चालू वर्षमा बढेर करिब ४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अभिकर्तालाई दिइने कमिशन भने केही घटेर ८८ करोड रुपैयाँबाट ८५ करोड रुपैयाँ आसपासमा आएको छ।

वित्तीय सूचकहरू पनि कमजोर देखिएका छन्। प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्ष १२.६८ रुपैयाँ रहेकोमा चालू वर्षमा ऋणात्मक ०.५४ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ १५० रुपैयाँभन्दा माथि रहेको छ भने मूल्य–आम्दानी अनुपात अत्यधिक ऋणात्मक देखिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ८६ करोड रुपैयाँ रहेको छ। साथै, कम्पनीसँग शेयर प्रिमियम, विशेष रिजर्भ र महाविपत्ति कोषमा पनि उल्लेख्य रकम सञ्चित रहेको विवरणमा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?