National life

‘गाउँमा एक अर्कामा धेरै सहकार्य हुने भएकोले गाउँमा जाँदा छुट्टै रमाइलो हुन्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
1.3kShares
‘गाउँमा एक अर्कामा धेरै सहकार्य हुने भएकोले गाउँमा जाँदा छुट्टै रमाइलो हुन्छ’
ncell

नेपालीहरूको महान् चाड दसैँको आगमनसँगै आम मानिसका साथै कर्पोरेट तथा अन्य क्षेत्रमा रहेर काम गरिरहेका मानिसहरू पनि पनि यो चाड मनाउनको लागि आ–आफ्नो तयारीमा जुटेका छन् । आफ्नो परम्परा तथा संस्कृतिअनुसार यो बेला कोही स–परिवार जमघट हुने तयारीमा छन् भने कहिले घुम्ने लगायतका तयारी पनि गरिरहेका छन् । एक हप्ता लामो दसैँ बिदामा सम्पूर्ण कर्मचारी तथा मजदुर लगायत सबै यो चाडलाई विशेष रूपले मनाउने तयारी गरिरहेका छन् ।

यसैबीचमा हामीले दसैँ कसरी मनाउने तयारी गर्नुभएको छ भन्ने लगायतका जिज्ञासामा आधारित रहेर सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडका सीईओ तथा निर्जीवन बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्रीसँग गरिएको कुराकानी सार प्रस्तुत गरेका छौँ ।

प्रायः मैले दसैँ गाउँमा नै गएर मनाउने गरेको छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसपालि पनि म गाउँ नै जान्छु । हुन त यो पाली अलिकति बाटोघाटोको अवस्था पनि ठिक त छैन, तैपनि दसैँको रमाइलो भनेको नै गाउँमा नै हुन्छ । त्यसकारण मैले गाउँमा गएर नै दसैँ मनाउने तयारी गरेको छु ।

लगभग ३ ओटासम्म दसैँ मात्र मैले काठमाडौंमा मनाएको छु । बाँकी त सब गाउँमै हो । उता मुमा लगायत काकीको परिवार र दाजुभाइहरू पनि छन् । त्योभन्दा पनि गाउँमा जाँदा सबै पुरानो पुरानो साथीहरूसँग पनि भेटघाट हुन्छ । लामो समय नभेटिएका आफन्तसँग भेटघाट हुने, कुनै हतारोबिना परिवारसँग बसेर खान पाइने, इष्टमित्र,साथीभाइसँग पनि रमाइलो गर्न पाइने हुँदा दसैँ अविस्मरणीय हुने गर्छ । काठमाडौँवासीलाई त गाउँमा जाँदा छुट्टै रमाइलो हुन्छ नि । ठाउँ पनि परिवर्तन हुने भएकोले बिदा मनाएको जस्तो पनि हुन्छ ।

म खाना बनाउने लगायतका धेरै कुरामा त पछाडि नै छु । बरु म अरू–अरू काम गरिदिन्छु तर खाना भने म पकाउन सक्दिन । मैले बिद्याथी जीवनमा हुँदा पनि खाना भने कहिल्यै पकाइन् । त्यसकारण दसैँमा नि त्यस्तै हो म त पकाएको खाने र रमाइलो गर्ने मात्रै हो ।

गाउँतिर दसैँ मनाउन जानुको अर्को रमाइलो पक्ष भनेको त्यहाँ बच्चाहरू टिका लगाउन घर–घर जाने गर्छन् । पहिले पहिले हामी पनि जान्थ्यौँ । तर अब अहिले त गाउँमा खासै बच्चाहरू नै छैनन् । गाउँमा त उसै पनि एक अर्कामा धेरै सहकार्य हुने भएकोले रमाइलो नै हुन्छ । त्यो कुरा दसैँको वेलामा झन् बढी हुन्छ ।

म भारतको विद्यालयमा पढेको मान्छे हो । त्यहाँ दसैँको सट्टामा दुर्गा पूजा हुन्छ । त्यसकारण बाल्यकालमा दसैँ मानेको अनुभव त्यति छैन मसँग, तर काठमाडौँ आएपछि दसैँको महत्त्व बुझियो ।

घुम्न जाने भन्नेकी गाउँ जाने सबै उतै हो, यसपालि अलि बाटोघाटो लगायत अन्य कुरालाई हेर्दा घुमघाम नगरी सिधै गाउँ गएर फर्किने मात्रै गरिन्छ ।

बीमालाई चाडपर्वमा जोडेर हेर्नु मात्रै त हुदैन् । तर बीमा गर्दा फाइदा हुने भएकोले दसैँमा थोरै खर्च कटौती गरेर भए पनि बीमा गर्न म सबैलाई आग्रह गर्छु ।

https://aarthikvoice.com/archives/45921

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?