National life

आज असोज शुक्ल दशमी अर्थात विजयादशमीः मान्यजनबाट टीका जमरा लगाएर मनाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
774Shares
आज असोज शुक्ल दशमी अर्थात विजयादशमीः मान्यजनबाट टीका जमरा लगाएर मनाइँदै
ncell

काठमाडौं । आज बडादशैँको मुख्य दिन अर्थात विजयादशमी ।

असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ ।

यस वर्षको दशैंको टीका लगाउने उत्तम साईत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ भने, बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाई छ । त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?