National life

दुर्गा भवानीको विशेष पूजा गरी महाअष्टमी र महानवमी पर्व आज एकै दिन मनाइदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असोज २०८१, शुक्रबार
777Shares
दुर्गा भवानीको विशेष पूजा गरी महाअष्टमी र महानवमी पर्व आज एकै दिन मनाइदै
ncell

काठमाण्डौं । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन मनाइदैछ ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्दै दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, अर्घाखाँचीको सुपादेउरालीलगायतका शक्तिपीठ र देवी मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजा गर्ने गरिन्छ । आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि चढाई पूजा गर्ने समेत चलन छ ।

यस्थै आजै महानवमी पर्व पनि परेको छ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ । दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?