National life

७% ब्याजदरमा १० वर्षे ऋणपत्र ल्याउँदै लक्ष्मी सनराइज बैंक

बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे बैंकलाई दिइएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
1.2kShares
७% ब्याजदरमा १० वर्षे ऋणपत्र ल्याउँदै लक्ष्मी सनराइज बैंक
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ऋणपत्र जारी गर्न नियामकबाट स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डको अनुमति पछि बैंकले ७ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो।

बैंकले प्रति इकाई १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ अर्ब रुपैयाँ बराबरका ३० लाख इकाई ऋणपत्र सार्वजनिक गर्नेछ। यसमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरका इकाई निजी तवरबाट र बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरका इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे बैंकलाई दिइएको छ। धितोपत्र बोर्डले असार ९ गते यसका लागि अनुमति प्रदान गरेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?