National life

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
825Shares
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित
ncell

काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले अघिल्लो आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य उपयुक्त लघुवित्त कम्पनीसँग मर्जर वा प्राप्ति जान उपयुक्त देखिएको सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले कम्पनीको चुक्तापूँजीमा संशोधन वा अन्य संशोधन छलफल गरी संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ।सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?