National life
cg eloctronics

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१४ दिन अगाडि|२७ कात्तिक २०८३, शुक्रबार
1.7kShares
नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र करसहित ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्ने जनाएको छ।

यससँगै हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकको संख्या १२ पुगेको छ। लाभांश घोषणा गरेका यी बैंकमध्ये ४ वटाको बुक क्लोज हुन बाँकी छ।

everest bank

बुक क्लोज हुन बाँकी बैंकमा नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक रहेका छन्। यी बैंकको बुक क्लोज हुनुअघि सेयर खरिद गर्ने लगानीकर्ताले सम्बन्धित बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?