National life

नेपाल एसबीआई बैंकको खुद नाफा १ अर्ब २० करोड भन्दा बढी,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
1.2kShares
नेपाल एसबीआई बैंकको खुद नाफा १ अर्ब २० करोड भन्दा बढी,अन्य सूचक कस्ता ?
ncell

काठमाडौं। नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३.३६ प्रतिशत धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको सोही अवधिमा यस बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ट ८० करोडबाट घटेर ७२ करोड ५८ लाख कायम भएको छ । यस्तै यस अवधिमा खुद ब्याज आम्दानी ३ अर्ब ५३ करोड रहेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । उक्त रकमबाट कम्पनीले ११.१० प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ ।

१० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?