काठमाडौँ। रामकुमार तिवारी नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा नियुक्त भएका छन्।
तिवारीलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो। माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले तिवारीलाई नेपालको एसबीआई बैंकको सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ।
बिहीबारबाट कार्यकाल सुरु हुने उनी यसअघि पनि बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओको रूपमा कार्यरत थिए ।
उनको कार्यकाल बुधवारबाट सकिएको छ । तिवारीसँग १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा जनरल म्यानेजरका रूपमा काम गरेको अनुभव छ ।


































