National life

कालिका लघुवित्तको लाभांश घोषणा, कम्पनीको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०७ पुस २०८२, सोमबार
1.3kShares
कालिका लघुवित्तको लाभांश घोषणा, कम्पनीको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिने
ncell

काठमाडौँ। कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभांश पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । सभामा कम्पनीले अन्य कम्पनीमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीको रुपमा विकास गर्नका लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, आव २०८२/८३ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र गत आवमा सञ्चालक समितिको तर्फबाट भएका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?