National life

एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र हाे : महासचिव विप्लव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
599Shares
एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र हाे : महासचिव विप्लव
ncell

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाे बताएका छन् । मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाे बताउँदै एमसीसीविरुद्ध लड्ने घोषणा समेत गरेका हुन् ।

उनले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको बताए । उनले भने, ‘यहाँ भोलि गिद्धहरु ओर्लदैछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५ अरब होइन ५० खरब पनि लिन्छौ तर उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गछौँ ।’

उनले एमसीसी र वीआरआइले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?