काठमाडौं । सत्ता विमुख बनेको नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने जनाएका छन् ।
सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले बताँएका छन् ।
‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’,गुरुङले आक्रोस भावमा भने । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङको भनाई छ ।
कांग्रेसले गठबन्धन भत्काउने मुख्य कारक प्रधानमन्त्री भएको निष्कर्ष निकालेको छ । ‘गठबन्धन टुटाउने प्रधानमन्त्री हो । राजीनामा दिने वा विश्वासको मत फिर्ता लिने भन्ने कुरा हामीले किन गर्ने’ ? पार्टी सभापति देउवाले अस्थिरताको कारक प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।

































