National life

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रभु बैंकले सुरु गर्‍यो ‘प्रभु डिजिटल क्युब’ सेवा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
735Shares
अंग्रेजी नयाँ वर्षको अवसरमा प्रभु बैंकले सुरु गर्‍यो ‘प्रभु डिजिटल क्युब’ सेवा
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को अवसरमा अत्याधुनिक सेवा ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ। यो स्वचालित काउण्टरमार्फत ग्राहकहरूले विभिन्न बिद्युतीय बैंकिङ्ग सुविधाहरू सहज र छिटो प्रक्रियामा उपयोग गर्न सक्नेछन्।

‘प्रभु डिजिटल क्युब’ सेवा बैंकको मुख्य कार्यालय बबरमहलबाट सुरुआत गरिएको छ। यस काउण्टरमार्फत ग्राहकहरूले नगद जम्मा, नगद पुनःचक्रण, चेक जम्मा, खाताको स्टेटमेन्ट प्रिन्ट, साथै एटीएम र किओस्क मेशिनबाट नगद जम्मा र निकासी जस्ता सुविधा प्राप्त गर्न सक्छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सेवा सञ्चालनले कार्यालय समयको पर्खाइबिना २४/७ बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। प्रभु बैंकले निकट भविष्यमा यो सेवा देशका अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।

प्रभु बैंकले ‘प्रभु डिजिटल क्युब’ सेवामार्फत ग्राहकलाई थप सन्तुष्ट र प्रविधिमैत्री बैंकिङ्ग अनुभव दिन चाहेको बताएको छ। बैंकको विश्वास छ कि यो नयाँ प्रविधि सेवाले ग्राहकहरूको बैंकिङ्ग प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउनेछ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?