काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।


































