National life

अब विकासको रफ्तारले गति लिन्छ अर्थमन्त्री डा. महत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ माघ २०८०, शनिबार
517Shares
अब विकासको रफ्तारले गति लिन्छ अर्थमन्त्री डा. महत
ncell

नुवाकोट। अर्थमन्त्री डा। प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, ‘अब विकासले रफ्तार लिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशमा साधनश्रोत धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’

अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाउनु हुँदै मन्त्री डा। महतले भन्नुभयो, ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु ।’ तारकेश्वर गाउँपालिकाको तारुकाको लागि पनि बजेट राख्यौं । प्रदेश र संघीय सरकार मिलेर नुवाकोटमा केही न केही गर्ने प्रयास गरेका छौं । आउने दिनमा अझै धेरै गर्ने मन्त्री डा। महतले प्रतिबद्धता जनाउनु भयो ।

‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘एकैपटक पो नपुग्ने हो, तर हामी विस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’

‘माने डाँडादेखि काफलपानी सडक निर्माणको प्रस्ताव आएको छ । कच्ची सडक त छँदैछ, यसलाई पक्की बनाउन म लाग्नेछु । श्रोत र साधनले भ्याएसम्म, देश र जनताप्रति म जिम्मेवार छु, नागरिकको हितका लागि म रातदिन खटेर लाग्ने छु’ मन्त्री डा। महतले भन्नुभयो, ‘नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रुपमा विकास हुँदैछ । छहरे–टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं ।’

उहाँले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्छ, व्यापारिक गतिविधि चलायमान हुनेछ । उद्योग व्यवसाय फस्टाउने छ । पर्यटनको धेरै ठूलो सम्भावना नुवाकोटमा छ । कृषिमा पनि विविध सम्भावना छन् । कृषिलाई व्यवसायिकरण गर्नुपर्ने बताउनुभयो ।’

मन्त्री डा। महतले विविध भौगोलिक र जातजातिले भरिएको देश हो । विभिन्न भेषभूषा, भाषा, संस्कृति र सभ्यता नेपालमा छ । नेपालजस्तो सुन्दर, सानो भूगोलमा धैरै जातजाति र संस्कृति अटाएको छ । त्यसैले नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ । विविध जातजाति, संस्कृति, भाषा र भेषभूषा नेपालको साझा सम्पत्ति भएको बताउनुभयो ।

उहाँले देशको आर्थिक विकास धेरै भइसकेको छैन, धेरै पछि मात्रै हाम्रो आर्थिक विकास सुरु भयो । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र आयो, त्यसपछि जनतामा परिवर्तन आउन थाल्यो । जनताले चुनेका प्रतिनिधिले शासन गर्न थाले, त्यसपछि विकास सुरुवात भएको बताउनुभयो ।

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?