National life
cg eloctronics

विद्युतीय सवारीलाई प्रवर्धन गर्ने नीति लिँदा राजस्व घट्यो : अर्थमन्त्री महत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
1.3kShares
विद्युतीय सवारीलाई प्रवर्धन गर्ने नीति लिँदा राजस्व घट्यो : अर्थमन्त्री महत
muktinatha bikash bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्धन गर्ने नीति लिँदा राजस्व घटेको बताएका छन् । शुक्रबार अर्थसमितिको बैठकमा उनले यस्ताे बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजस्व बढ्न नसकेको बताए । उनले भने, ‘ इन्धन गाडी आउँदा ३०० प्रतिशतसम्म कर लाग्छ, विद्युतीय सवारीमा १० प्रतिशत देखि बढीमा ४५ प्रतिशत सम्म भन्सार लाग्छ । जसले गर्दा राजस्वमा कमी आएको हो ।’

उनले गत आर्थिक वर्षमा सोचेजस्तो आर्थिक वृद्धि हुन नसकेको बताए । उनले चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएकाे दाबी गरे ।

everest bank

गत आवको असोजको तुलनामा ९.३ प्रतिशतले राजस्व बढेको महतले बताए । चुनौतिका बाबजुत पनि राजस्व बढेको उनको दाबी छ । कतिपय कर घटेको र कतिपय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको अर्थमन्त्री महतले बताए ।

नेपालमा सामाजिक सञ्जालबाट कर उठाउन नसकेको भन्दै अब दर्ता गराएर करको दायरामा ल्याउन बाँकि रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?