National life

सात महिनामा करिब १४ अर्बका ईभी आयात, ८ अर्बभन्दा बढी राजस्व सकंलन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१६ फागुन २०८२, शनिबार
1.3kShares
सात महिनामा करिब १४ अर्बका ईभी आयात, ८ अर्बभन्दा बढी राजस्व सकंलन
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा विद्युतीय सवारी साधन (ईभी) आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा करिब १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ बराबरका विद्युतीय कार, जीप तथा भ्यान नेपाल भित्रिएका छन्।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल ५ हजार ८९४ युनिट विद्युतीय चार पाङ्ग्रे सवारी आयात भएका छन्। सरकारले विद्युतीय सवारी प्रवर्द्धनका लागि करदरमा सहुलियत दिएको भए पनि आयातको मात्रा बढेसँगै यस क्षेत्रले राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सात महिनाको अवधिमा ईभी आयातबाट मात्रै सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

क्षमताअनुसार आयातको अवस्था

सबैभन्दा धेरै आयात ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय सवारीको भएको छ। यस श्रेणीमा ३ हजार ४०२ युनिट सवारी आयात भएका छन्, जसको कुल मूल्य ८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यी सवारीबाट मात्रै सरकारले ५ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।

५० किलोवाटसम्म क्षमताका १ हजार ९९२ युनिट सवारी आयातमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ, जसबाट १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। त्यसैगरी, १०१ किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताका ४९३ युनिट सवारी आयात भएका छन्। यी सवारीको आयात मूल्य करिब १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने यसबाट १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ।

उच्च क्षमतातर्फ २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ७ वटा सवारी आयात भएका छन्। करिब ४६ लाख रुपैयाँ बराबरको आयातबाट ७३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको तथ्यांकले देखाउँछ।

देशअनुसार आयात

नेपालमा विद्युतीय सवारीको सबैभन्दा ठूलो स्रोत चीन रहेको छ। समीक्षा अवधिमा चीनबाट मात्रै ४ हजार २०४ युनिट सवारी आयात भएका छन्, जसको कुल मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यो कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो। चीनबाट आयातित सवारीबाट सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

चीनबाट एसेम्बल नगरिएका ६ हजार ४२ वटा र एसेम्बल गरिएका ४ हजार २३३ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी पनि आयात भएका छन्। चार पाङ्ग्रे सवारीतर्फ ५० किलोवाटसम्मका १ हजार २५६ वटा, ५१–१०० किलोवाटका २ हजार ५०२ वटा, १०१–२०० किलोवाटका ४४२ वटा तथा २०१–३०० किलोवाटका ४ वटा सवारी आयात भएका छन्।

भारत ईभी आयातको दोस्रो ठूलो स्रोत बनेको छ। सात महिनामा भारतबाट १ हजार २६३ युनिट चार पाङ्ग्रे विद्युतीय सवारी आयात भएका छन्, जसको मूल्य २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। समग्रमा भारतबाट २ हजार २१८ विद्युतीय सवारी नेपाल भित्रिएका छन्, जसमा ११७ एसेम्बल नगरिएका र ८३६ एसेम्बल गरिएका तीन पाङ्ग्रे सवारी पनि समावेश छन्।

भारतबाट ५० किलोवाटसम्म क्षमताका ७३६ वटा, ५१–१०० किलोवाटका ४९८ वटा तथा १०१–२०० किलोवाटका २९ वटा सवारी आयात भएका छन्। त्यस्तै, थाइल्याण्डबाट १ अर्ब १३ करोड रुपैयाँ बराबरका ४०१ युनिट विद्युतीय सवारी आयात भएका छन्, जसमा सबै ५१–१०० किलोवाट क्षमताका छन्।

अन्य मुलुकबाट पनि सीमित संख्यामा उच्च क्षमताका सवारी आयात भएका छन्। संयुक्त राज्य अमेरिकाबाट १२ वटा (१० वटा १०१–२०० किलोवाट र २ वटा २०१–३०० किलोवाट), जर्मनीबाट १० वटा, दक्षिण कोरियाबाट २ वटा, अष्ट्रियाबाट १ वटा तथा संयुक्त अधिराज्यबाट १ वटा विद्युतीय सवारी आयात भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?