National life

ब्याट्रीमा कर छुट दुरुपयोग रोक्न नयाँ कार्यविधि, बिक्रीदेखि प्रयोगसम्म ट्र्याकिङ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
405Shares
ब्याट्रीमा कर छुट दुरुपयोग रोक्न नयाँ कार्यविधि, बिक्रीदेखि प्रयोगसम्म ट्र्याकिङ
ncell

काठमाडौं । विद्युतीय सवारी र काठमाडौं उपत्यकाका सफा टेम्पुमा प्रयोग हुने ब्याट्रीमा दिइँदै आएको कर तथा भन्सार छुटलाई व्यवस्थित गर्न वातावरण विभागले दुई नयाँ कार्यविधिको मस्यौदा तयार पारेको छ।

विभागले स्वदेशमा उत्पादन हुने डिप साइकल लिड एसिड ब्याट्रीमा शून्य दरको भ्याट सिफारिस तथा सफा टेम्पुका लागि आयात हुने डिप साइकल लिड एसिड र लिथियम आयन ब्याट्रीमा भन्सार छुटसम्बन्धी कार्यविधि सार्वजनिक गरेको हो। विभागले मस्यौदामाथि राय तथा सुझाव मागेको छ।

मस्यौदाअनुसार कर तथा भन्सार छुटको लाभ वास्तविक प्रयोगकर्तासम्म पुर्‍याउन उत्पादक तथा आयातकर्ताले आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।

Royal Enfield
nic asia capital
यसअघि छुटमा ल्याइएका वा उत्पादन गरिएका ब्याट्री कहाँ र कसलाई बिक्री गरिएको हो भन्ने विवरणसमेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

सफा टेम्पुका लागि आयात हुने डिप साइकल लिड एसिड ब्याट्रीसँगै लिथियम आयन ब्याट्रीलाई पनि भन्सार छुटको सिफारिस दिने प्रस्ताव गरिएको छ। यस्तो सुविधा काठमाडौं उपत्यकामा सञ्चालित सफा टेम्पुमा प्रयोग हुने ब्याट्रीमा मात्र लागू हुने व्यवस्था गरिएको छ।

छुटमा उपलब्ध ब्याट्रीको बिक्री तथा प्रयोगसमेत ट्र्याक गरिनेछ। त्यसका लागि अन्तिम उपभोक्ताको नाम, ठेगाना, फोन नम्बर, नागरिकता नम्बर र ब्याट्री जडान गरिएको सवारीको नम्बरसमेत खुलाउनुपर्नेछ।

पुरानो सिफारिसअनुसारको बिक्री विवरण नबुझाएसम्म नयाँ कर वा भन्सार छुटको सिफारिस नदिने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?