National life

अभिमुखीकरण तालिममा आईरिस प्रणाली लागू गर्दै वैदेशिक रोजगार विभाग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० मंसिर २०८१, आइतबार
1.4kShares
अभिमुखीकरण तालिममा आईरिस प्रणाली लागू गर्दै वैदेशिक रोजगार विभाग
ncell

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानपुर्व दिइने अभिमुखीकरण तालिममा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ सिष्टम लागु गर्ने भएको छ ।

विभागले आगामी ३ पुसपछि अभिमुखीकरण तालिममा यो प्रणाली लागु गर्ने भएको हो । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ ।

बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागले यसअघि गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन ।

विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितामा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घले व्यवसायीले झन्डै १३ करोड खर्च गरेर थप भौतिक पूर्वाधारसहितका उपकरण जडान गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?