National life

अमेरिककामा २२ वर्ष यताकै उच्च ब्याजदर, अझैं बढ्न सक्ने संकेत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
681Shares
अमेरिककामा २२ वर्ष यताकै उच्च ब्याजदर, अझैं बढ्न सक्ने संकेत
ncell

काठमाडौं । अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । पछिल्लो पटक ०.२५ प्रतिशतको विन्दुले ब्याजदर बढाउँदै फेडरल रिजर्भ बैंकले अमेरिकी बैंकहरुको निक्षेपको ब्याजदर न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशत पु¥याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक मन्द्रीको चाप अमेरिकामा पछिल्लो पटक मुद्रास्फीति (मूल्यवृद्धि) आकाशिन थालेपछि सोको नियन्त्रणका लागि भन्दै फेडरल रिजर्भ बैंकले ११औं पटक बैंकको ब्याजदर वृद्धि गरेको हो । वृद्धिपछिको ब्याजदर सन् २००१ यताकै उच्च हो ।

तथापि, आउदो सेप्टेम्बरमा यस्तो ब्याजदर फेडरल रिजर्भ बैंकले ब्याजदर थप वृद्धि गर्न सक्ने संकेत गरेको बीबीसीले जनाएको छ । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताएका छन् ।

जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो । मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने र त्यसो गर्नुअघि अन्य तथ्यांकहरु हेर्नुपर्ने अध्यक्ष पावलले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?