काठमाडौं । साताको दोस्रो कारोबारका दिन आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १४ गते सोमबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ २४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा खरिददर १७१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३७ पैसा पाइन्छ रहेको राष्ट्र बैंकले जनाएको छ ।

































