काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनी १५ करोड ९४ लाख रुपैयाँ घाटा बेहोरेको थियो । बाढीले आयोजनमा क्षति पुर्याएका कारण गत वर्ष यसको विद्युत् उत्पादन बन्द थियो ।
बन्द अवस्थामा रहेको विद्युत् सञ्चालनमा आएसँगै कम्पनी नाफामा वृद्धि आएको हो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २१ करोड ४३ लाख रुपैयाँ रहेको छ । यता, वित्तीय खर्च ९ करोड ५२ लाखबाट घटेर ६ करोड १० लाख रुपैयाँ कायम भएको छ ।
साथै, ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७.५३ रुपैयाँ कायम रहेको छ ।



































