National life

अर्थतन्त्रमा समस्या हुँदा अहिले आयात व्यापारसमेत घटेको छ : कामु गभर्नर मिश्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
442Shares
अर्थतन्त्रमा समस्या हुँदा अहिले आयात व्यापारसमेत घटेको छ : कामु गभर्नर मिश्र
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले अर्थतन्त्रमा अझै केही समस्या रहेको बताएका छन् । उनले अर्थतन्त्रमा समस्या हुँदा अहिले आयात व्यापारसमेत घटेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले भने, ‘कच्चा तेलको मूल्यमा भारी वृद्धि, कोरोना महामारी, रुस-युक्रेन युद्ध, बढ्दो बैंक ब्याज र आयातका कारण अर्थतन्त्र समस्या परेको हो, अहिले त आयात व्यापारसमेत घटेको छ ।’

मिश्रले राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकले ब्याजदर घटोस् भनेर नै बैंक दर घटाएको उनले बताए । उनले भने, ‘अहिले आधार दर पनि घटेको छ, राष्ट्र बैंकले केही क्षेत्रमा रिस्ट्रक्चरिङ गर्न दिएको छ, त्यसले पनि धेरै फरक पार्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?