National life

अर्थमन्त्रीका रूपमा वर्षमान पुन कि विष्णु पौडेल ? यस्तो छ सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
710Shares
अर्थमन्त्रीका रूपमा वर्षमान पुन कि विष्णु पौडेल ? यस्तो छ सम्भावना
ncell

काठमाडौं। सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्री को बन्ला भन्ने आम मानिसको चासोको विषय बनेको छ । यतिबेला विष्णु पौडेल र वर्षमान पुनको नाम चर्चामा छ।

धेरैजसो लगानीकर्ताको चासोको रुपमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेललाई आकलन गरिरहेका छन् तर पछिल्लो समय देखिदै गएको राजनितीक घटनाक्रम अनुसार वर्षमान पुन ९अनन्त० अर्थमन्त्रीमा आउन सक्ने सम्भावना चुलिदै गएको छ ।

एक विशेष स्रोतले दिएको जानकारी अनुसार पछिल्लो सहमति एमालेले राष्ट्रिय सभाको अध्यक्ष पद पाएको खण्डमा अर्थ मन्त्रालय माओवादीलाई दिन केपी ओली लगभग सहमत भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माओवादीले अर्थमन्त्रीका रुपमा वर्षमान पुनलाई अघि सार्ने तयारीमा लागेको छ ।

जनयुद्धकालमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर तथा सुप्रिमोका विश्वासपात्र मानिएका पुनलाई यस पटक अर्थमन्त्री बनाउन लागेका स्रोतले बताएको छ । मन्त्रालय भागबण्डा र को को मन्त्री बन्ने भन्ने विषयमा अन्तिम टुंगो लागि नसकेकोले अहिले नै अन्तिम निर्णय मान्नु भने हुँदैन तर अर्थमन्त्रीको रुपमा एमालेबाट जान सक्ने देखिदैन् एक एमाले नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका हुन् । गिरी एमालेबाट, तामाङ माओवादीबाट र अर्याल रास्वपाबाट मन्त्री बन्न लागेका हुन् । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?