National life

असारदेखि रोकिएको आईपीओ निष्कासन खुला, गार्डियन लाइफले पायो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
693Shares
असारदेखि रोकिएको आईपीओ निष्कासन खुला, गार्डियन लाइफले पायो अनुमति
ncell

काठमाडौँ । धितोपत्र बोर्डले करिब पाँच महिनाको अन्तरालपछि पछि आईपीओ निष्कासनको अनुमति दिएको छ।

असारमा रिलायन्स स्पिनिङ मिललाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिइएको थियो । त्यस यता रोकिएको आईपीओ निष्कासन अनुमति बोर्डले अहिले दिएको हो।

आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमति पत्र प्रदान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएका थिए।

हमालको अवकाशपछि आईपीओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा असारमा रिलायन्स स्पिनिङलाई आईपीओ निष्कासन अनुमति दिइएको थियो । तर, संसद्को सार्वजनिक लेखा समितिको निर्देशनसँगै उक्त आईपीओ निष्कासन रोकिएको छ।

बोर्डले अहिले भने अंकित मूल्यमै निष्कासन गर्ने गरी स्वीकृति दिइएको हो। १० महिनादेखि रोकिएको आईपीओ प्रक्रिया नयाँ अध्यक्ष चयन प्रक्रियाको अन्तिम अन्तिम चरणमा रहेको समयमा दिइएको हो।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?