National life

असोज २० गतेका लागि एभरेष्ट बैंकको विशेष सभा आह्वान: यी हुन् बैंकको एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
1.2kShares
असोज २० गतेका लागि एभरेष्ट बैंकको विशेष सभा आह्वान: यी हुन् बैंकको एजेण्डा
ncell

काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले आगामी महिना असोज २० गते ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

उक्त सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने भएको छ । साथै, सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव समेत पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सभाले बोनस शेयर जारीपश्चात् पुँजी वृद्धि हुने भएकोले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जनअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?