National life

आइतबार ह्वात्तै बढ्यो सुनको मूल्य ,आज कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
1.2kShares
आइतबार ह्वात्तै बढ्यो सुनको मूल्य ,आज कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । आईतबार बजारमा सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउ आज आइतबार भने बढेको छ ।

साताको पहिलो कारोबार अन्तर्गत आज आईतबारका दिन प्रतितोला ६०० रुपैयाँले सुनको भाउ बढेको हो ।आज मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार छापावाला सुनको भाउ १ लाख १६ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोजावी सुनको भाउ १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ००२ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?