काठमाडौँ। आईपीओ निष्काशनको प्रस्ताव सहित श्री डिस्टिलरी लिमिटेडले असार ११ गते मङ्गलवार विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा उक्त विशेष सभा काठमाडौँको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे सुरु हुने भएको छ ।
सभाले सर्वसाधारणका लागि छुट्टाइएको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

































