काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले असोज २० गते आईपीओ निष्काशनको स्वीकृति प्राप्त गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ। यसअनुसार आईपीओको कुल मूल्य ५९ करोड १५ लाख रुपैयाँ बराबर हुनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीका लागि आईपीओ निष्काशनको अनुमति बिक्री प्रबन्धकका रूपमा सिटिजन्स क्यापिटलले केही महिनापछि पहिलोपटक प्राप्त गरेको जनाएको छ।
अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष, संस्थाका कर्मचारी तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्नेछ।
आईपीओ निष्काशनको मिति र आवेदनसम्बन्धी विस्तृत विवरण भने कम्पनी तथा बिक्री प्रबन्धकले पछि सार्वजनिक गर्नेछ।



































