काठमाडौं । ओभरसिज नेपालिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (ओनिक) ले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले पुस २१ गते साधारणसभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीकै रजिष्टर्ड कार्यालयका साथै भर्चुअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासन गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र जारी पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारितका लागि पेश गरिनेछ।



































