काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार बैंकले विकास ऋणपत्र २०८८ ‘च’ नामक ऋणपत्र ८ वर्षका लागि बिक्री गर्न लागेको हो। यसको ब्याजदर बोलकबोल विधि मार्फत निर्धारण गरिने भएको छ।
यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
आज २ बजे बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहनेले अनलाइफर्मात बोलकबोल पेश गर्न सक्नेछन् । २० गते निष्काशन हुने ऋणपत्र २०८८ मंसिर २० गते परिपक्व हुनेछ । यसको ब्याज अर्धवार्षिक रूपमा हुनेछ ।
यो प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड र १० अर्ब ५ करोड रुपैयाँ छुट्टाइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ।
घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ ।
































