National life

आज लगानी सम्मेलनको अन्तिम दिन, ऊर्जा र पूर्वाधार क्षेत्रमा सम्झौता हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
774Shares
आज लगानी सम्मेलनको अन्तिम दिन, ऊर्जा र पूर्वाधार क्षेत्रमा सम्झौता हुने
ncell

काठमाडौँ । काठमाडौँमा हिजोदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा आज दोस्रो दिन ऊर्जा  पूर्वाधार क्षेत्रमा सम्झौता हुने कार्य तालिका रहेको छ ।

सोमबार अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल गरिने भएको छ ।

नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा संगीता सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्मेलनमा लगानीका निम्ति १ सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डले जनाएको छ। उक्त सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान०का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन्।

बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्। लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलन स्थलमा राखिएको छ भने १९ वटा परियोजनाका लागि आशय पत्र आह्वान गरिएको बोर्डले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?