National life

कठोर नीति निर्माण भन्दा रूपान्तरणकारी योजना ल्याउन कसरत गर्दै छौ : अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
702Shares
कठोर नीति निर्माण भन्दा रूपान्तरणकारी योजना ल्याउन कसरत गर्दै छौ : अर्थमन्त्री पुन
ncell

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले कठोर नीति निर्माणमा भन्दा पनि सुधारात्मक र रूपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउनेमा कुरामा सरकारको कसरत भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व–बजेट छलफलका सन्दर्भमा बोल्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्नका लागि सरकारले केही क्षेत्रमा सुधारात्मक तथा रूपान्तरणकारी नीति अवलम्बन गर्ने बताएका छन्।

सरकार निजी क्षेत्रको लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा गर्न प्रतिबद्ध रहेको मन्त्री पुनको भनाई छ । सरकारका नीतिबिच एकरूपता र सामञ्जस्य कायम गरिने दाबी पनि उनले गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘अर्थतन्त्र शिथिल छ, तर हामी सुधारोन्मुख छौँ र सुधार हुनेमा आशावादी छौँ । निजी क्षेत्रको मनोबल बढाउने कुरालाई प्राथमिकता दिन्छौँ । निजी क्षेत्रको मनोबल उकास्न सरकारका तर्फबाट सहजीकरण हुन्छ,’ उनले भने,

‘सुधारका लागि केही कठोर भएर हस्तक्षेपकारी नीति अवलम्बन गरिनुपर्छ भनेर सुझाव आएका छन् । तर हामी अतीतमा जाँदैनौँ । केही क्षेत्रमा सुधार गरेर मात्र हुँदैन रूपान्तरण नै गर्नुपर्ने हुन्छ यसमा हामी सजग छौ।’ अर्थमन्त्री पुनले थप स्पष्ट पारे

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?